बारा-२ को मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्दै

होस्ट खबर ११ बैशाख २०८०, सोमबार
0 Min Read
Aa

काठमाडौं : बारा-२ को मतगणना सुरु गर्न सर्वदलीय बैठक आह्वान गरिएको छ । बाराका मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार अहिले बिहान ६ बजेका लागि सर्वदलीय बैठक बोलाइएको छ ।

आज सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने तयारी भएको उनले जानकारी दिएका छन् । बारा २ को मतगणना शिक्षा तालिम केन्द्र, कलैयामा हुनेछ । आईतबार सम्पन्न बारा-२ को उपनिर्वाचनमा करिब ६३ प्रतिशत मत खसेको थियो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्