जाजरकोटमा पुल भाँचिदा दुईको मृत्यु, सात जना घाइते

होस्ट खबर ८ बैशाख २०८०, शुक्रबार
2 Min Read
Aa

जाजरकोट : जाजरकोट र रुकुम जोड्ने निर्माणाधीन बेलिब्रिज भाँचिदा दुई जनाको ज्यान गएको छ ।

जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १२ तल्लु ठुलाबगरमा निर्माण भइरहेको बेलिब्रिज भाँचिदा दुई जनाको ज्यान गएको हो ।अ  मृत्यु भएका २ जनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका अनुसार बिहिबार दिउँसो निर्माणाधीन भुल भत्किँदा काम गरिरहेका श्रमिकमध्ये २ जनाको मृत्यु भएको हो ।

भारतको बहराइच जिल्लाका धर्मेन्द्र गौतम र पुरूषोत्तम राजकुमारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका प्रमुख नवराज भट्टराईले जानकारी दिए।

बिहीबार दिउँसोतिर जाजरकोट-डोल्पा सडक खण्डअन्तर्गत निर्माण भइरहेको बेलिब्रिज भाँच्चिएको थियो । रूकुमको आठविसकोट नगरपालिकामा पर्ने गोतामकोट र जाजरकोटको नलगाड नगरपालिकाको तल्लु बगर जोड्नेगरी ठूलीभेरी नदीमाथि बनिरहेको उक्त पुल भाँच्चिएको हो।

घटनामा सात जना घाइते भएका छन् । तीमध्ये ३ जनाको अवस्था गम्भीर रहेको रूकुमका प्रहरी प्रमुख डिएसपी भट्टराईले जानकारी दिए।

गम्भीर घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको छ । बर्दिया गुलरियाका गोपाल चमार, राजकुमार हरिवन चमार र सञ्जय गौतमलाई हेलिकोप्टरबाट उपचार गर्न लगिएको हो ।

प्रहरीका अनुसार बहराइच जिल्लाका गोरख नाथका सामान्य घाइतेहरू मैतु गौतम, सोनु चमार, गोपाल चमार र चालक निरज चौधरीको उपचार यहीँ भइरहेको उनले जानकारी दिए । उनीहरूको अवस्था सामान्य छ ।

घाइतेहरूलाई उपचारका लागि जाजरकोटको नलगाड नगरपालिकास्थित दल्ली स्वास्थ्य चौकीमा राखिएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्