राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लैजाने तयारी

होस्ट खबर ६ बैशाख २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि भारत लैजाने तयारी गरिएको छ । उनलाई आज एयर एम्बुलेन्समार्फत थप उपचारका लागि भारत लिने तयारी गरिएको जनाइएको छ ।

मंगलबार साँझ स्वास्थ्यमा अचानक समस्या आएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएका राष्ट्रपति पौडेलको यहाँ उपचार हुन नसक्ने अस्पताल स्रोतले बताएपछि थप उपचारका लागि भारत लैजाने तयारी भएको हो ।

उनको मंगलबार नै बायाँ छातिको तल्लो भागबाट एक्सरेको सहायताले पानी निकालेर  परीक्षण गरिएको थियो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्