काठमाडौं विश्वकै चौथो प्रदूषित शहर

होस्ट खबर ३ बैशाख २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं : काठमाडौं उपत्यका विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ । विश्वका १०१ सहरको रियल टाइम प्रदूषण मापन गर्ने आइक्यु एयर नामक संस्थाका अनुसार काठमाडौं विश्वकै चौथो प्रदूषित सहर बनेको छ ।

वायुको गुणस्तर सूचकांक (एक्युआई) मा अहिले काठमाडौंको १८५ छ । प्रदूषणको हिसाबले आइतबार सूचीको पहिलो स्थानमा थाइल्याण्डको च्याङमाइ सहर रहेको छ । हाल च्याङमाइको एक्यूआइ २३० छ । यस्तै दोस्रो स्थानमा बंगलादेशको ढाका सहर छ ।

तेस्रो स्थानमा भारतको दिल्ली र पाँचौ नम्बरमा थाइल्याण्डको बैंकक रहेको छ । वायु प्रदूषणले जनस्वास्थ्यमा पार्ने प्रभावको हिसाबले शून्यदेखि ५०० सम्म विभिन्न तहमा विभाजन गर्दा २०१ देखि ३०० सम्मको एक्युआईलाई वैजनी रङ दिइएको छ ।

यो मानव स्वास्थ्यका लागि अत्यन्त अस्वस्थकर तह हो । देशका विभिन्न भागमा लागेको डढेलोका कारण प्रदूषण ह्वात्तै बढेको छ । मौसम पुर्वानुमान महाशाखाका अनुसार डढेलोका कारण निस्किएको धुवाँले शहरहरु ढाकेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्