ईण्डीयन प्रिमियर लिग: लखनउद्वारा बैंग्लोर पराजित

होस्ट खबर २८ चैत्र २०७९, मंगलवार
1 Min Read
Aa

एजेन्सी : ईण्डीयन प्रिमियर लिग (आईपीएल) टि–ट्वान्टी क्रिकेटमा लखनउ सुपर जायन्ट्सले रोयल च्यालेन्ज्र्स बैंग्लोरलाई पराजित गरेको छ । सोमबार बेंग्लोरको घरेलु मैदान एम चेन्नास्वामीमा भएको खेलमा लखनउले बैंग्लोरलाई एक विकेटले पराजित गरेको छ ।

जितको लागि २ सय १३ रनको विजयी लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्‍यो । लखनउको लागि मार्क स्टोइनिसले सर्वाधिक ६५ रन जोडेपनि ट्रिनिडाडका ब्याट्सम्यान निकोलस पुरनले १९ बलमा हानेको ६२ रन निर्णायक रह्यो । आयुष बदोनी ३० रनमा आउट भए । कप्तान केएल राहुल १८ रनमा आउट भए ।

बेंगलोरका लागि मोहम्मद शिराज र वाईनी पार्नेलले समान ३र३ तथा हर्षल पटेलले २ विकेट लिए । त्यसअघि टस हारेर पहिला गरेको बेंग्लोरले २० ओभरमा २ विकेट गुमाउँदै २ सय १२ रन बनाएको थियो ।

बैंग्लोरका फाफ डु प्लेसिसले अविजित ७९ रन जोड्दा विराट कोहलीले ६१ रन तथा ग्लेन म्याक्सवेलले ५९ रन जोडे । लखनउका लागि मार्क वुड र अमित मिश्राले समान १र१ विकेट लिए ।

जितसँगै चार खेलबाट ६ अंक जोडेको लखनउले आईपीएल क्रिकेटको अंक तालिकामा अग्रता लिएको छ । राजस्थान, कोलकाता, गुजरात, चेन्नाई र पन्जाबको समान ४–४ अंक छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्