विश्व हिन्दु माहासंघ नेपालको अध्यक्षमा पुन: डा. रामचन्द्र अधिकारी निर्वाचित

होस्ट खबर २६ चैत्र २०७९, आईतवार
5 Min Read
Aa

सुर्खेत : विश्व हिन्दु माहासंघ नेपालको अध्यक्षमा डा. रामचन्द्र अधिकारी दोश्रो कार्यकाल पुन निर्वाचित भएका छन् । विहिवार बुटवलमा सम्पन्न माहासंघको राष्ट्रिय कार्यकारिणी समितिले अधिकारीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । महासंघको सहअध्यक्षमा शंकर खराल निर्वाचित भएका छन् । अधिकारी लमजुङ र खराल कास्कीका हुन् ।

त्यस्तै उपाध्यक्षहरुमा यज्ञप्रसाद ओली (कोशी), ज्योत्सना साउद (मधेश), दिनेशकुमार सिंजापति (उपत्यका), प्रविण घिमिरे (वागमती), पार्वता पौडेल, मुक्तिराम अधिकारी (गण्डकी), वेनबहादुर पौडेल क्षेत्री (लुम्बिनी), ऋषिकेशजंग शाह (कर्णाली) र राजप्रसाद जोशी (सुदुरपश्चिम) निर्वाचित भएका छन् ।

त्यस्तै महासचिवमा रामचन्द्र तिवारी, सहकोषाध्यक्षमा अरुणकुमार श्रेष्ठ र सीता घिमिरे निर्वाचित भएका छन् । तिवारी पर्वत , श्रेष्ठ रुपन्देही र घिमिरे काठमाडौँका हुन् ।
त्यसैगरी सचिवमा सुर्खेतका प्रेमप्रकाश खड्का र रुपन्देहीका पुनाराम पोखरेल, सिन्धुपाल्चोकका राधा गिरी पण्डित र नेत्रलाल पौडेल निर्वाचित भएका छन् । त्यसैगरी ६६ सदस्यीय कार्यसमिति सदस्यमा मकवानपुरका जेतप्रसाद आचार्य, नवलपुरका ठाकुरप्रसाद शर्मा, काभ्रेका हरिषचन्द्र अधिकारी, कञ्चनपुरका चन्द्रा ओझा, नवलपुरकै वेदप्रसाद पौडेल, काभ्रेका रत्नभक्त कोटे, साङ्झाका लक्षमणप्रसाद भट्टराई, रामेछापका अर्जुन बर्देवा, म्याग्दीका कृष्णप्रसाद शर्मा आचार्य, पर्वतका मनकुमारी गिरी, रुपन्देहीका कोकनाथ पाण्डे, दाङका पार्वतीदेवी लोहनी (मनोरमा), बाँकेका ध्रुवप्रसाद दाहाल, वर्दियाका यमपसाद शर्मा, पर्वतका सुन्दरप्रसाद जोशी, सल्यानका सन्तोषकुमार राई, लमजुङ्गका रमराज खनिया, नवलपरासीका राधिका खराल, स्याङ्जाका पदमप्रसाद पाण्डे, पाल्पाका भिमलाल भट्टराई पाल्पाकै तिर्थप्रसाद गौतम, कैलालीका जेतराज पन्त, नवलपुरका सीता बस्याल पोखरेल, कैलालीका भक्तराज जोशी , बझाङका देवराज शर्मा, डोटीका रामचन्द्र राणा, कञ्चनपुरका महन्त गोपीनाथ योगी, वैतडीका यादवबहादुर चन्द, बाजुराका तुलादेवी उपाध्याय, पवर्तका ठाकुरप्रसाद भुसाल, कास्कीका भोलाजंगसुवेदी, रुपन्देहीका रामप्रसाद पराजुली, काठमाडौँका केशवप्रसाद अर्याल, सिन्धुपाल्चोकका पुण्यप्रसाद सापकोटा र चितवनका घनश्याम पौडेल निर्वाचित भएका छन् ।

 

त्यस्तै दाङका कुमारराज श्रेष्ठ, गोरखाका खिलप्रसाद सुवेदी, चितवनका फुलनाथ निउरे, काठमाडौका राधादेवी पाण्डे, हुमा शर्मा पाण्डे, रुपेन्देहीका चन्द्रमान श्रेष्ठ, कास्कीका ऋषिराम त्रिपाठी र गणेश बराइली, डोल्पाका लक्ष्मीकान्त न्यौपाने, जाजरकोटका लालबहादुर तिरुवा, कास्कीका सूर्यप्रसाद भण्डारी, काभ्रेका पुण्यपती घले, चितवनका अनिता खरेल, नवलपरासीका लक्ष्मीनारायण गुप्ता, स्याङ्जाका नेत्रप्रसाद पराजुली, कास्कीका विष्णुप्रसाद पौडेल र निश्चलबिक्रम पौडेल, शंखुवासभाका हिरावेदी श्रेष्ठ, झापाका नन्दुकुमा कुवर, झुमा कार्की र अग्नीप्रसाद सिजाल, सोलुखुम्बुका गिरीधर ढुंगाना, उदयपुरका वेदप्रसाद आचार्य, सुनसरीका गोविन्द तिमलसिना र आनन्दप्रसाद आचार्य, नवलपरासीका राधिराम शर्मा, कास्कीका मेनुका बराल, रुपन्देहीका हिरण्यलाल ज्ञवाली र उमा भण्डारी र पर्वतका थानेश्वर तिवारी केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

त्यस्तै रुपन्देहीका दिवककुमार केसी, सल्यानका गोविन्दप्रसाद शर्मा, गुल्मीका शारदा पोखरेल, काभ्रेका उद्धवप्रसाद नेपाल, रुपन्देहीका लिलासिंहा राना, इलामका प्रेम गौतम, ललितपुरका रामहरि सिग्देल, काठमाडौँका सुरेन्द्र रेग्मी र पर्वतका जिलबहादुर पौडेललाई निर्वाचित केन्द्रीय समितिको प्रस्तावमा महासभाबाट सदस्यमा मनोनित गरेको छ ।

हटिया चौकमा अवस्थित माहासंघको कार्यालय स्थल वाट ॐ कार परिवारका विभिन्न झाकि सहित निस्केको र्यालीले हिन्दु राष्ट्र जिन्दावाद , धर्म निरपेक्षता खारेज गर, धर्म परिवर्तन गर्ने लाई कानुनी कार्वाही गर, गौमाताको रक्षा गर भन्दै नगर परिक्रमा सहित अन्तर्राष्ट्रिय सभा केन्द्रमा पुगी सभामा परिणत भएको हो ।
सहभागी अतिथि, कार्य कारिणी सदस्य एवम् पर्यवेक्षण हरु लाई स्वागत तथा आफ्ना भनाइ राख्दै कार्यक्रमका सभापति डा. रामचन्द्र अधिकारीले राज्यले विचौलियाको काम गरि नागरिक लाई सताएको वताए ।

राज्यले नागरिक लाई शिक्षा , स्वास्थ्य निस्शुल्क र रोजगारीको ग्यारेन्टी गर्नु पर्छ । आगामी दिनमा माहासंघले जनता लाई सर्व प्रथम रोग नै नलाग्ने विधिमा लैजाने र यदि लागि हाले त्यसको समाधान पनि हाम्रै विभिन्न खाले जडि वुटि वाटै तयार पारिए का औषधिहरु सेवन गरि निको पार्ने गरि माहासंघले काम अगाडि वढाएको वताए ।
त्यस्तै हिन्दु राष्ट्रको आन्दोलन आफ्नै जीवन कालमा सम्पन्न गरि नेपाल लाई संसारकै गन्तव्य स्थल वनाउने गरि काम अगाडि बढाएको समेत वताए ।

कार्यक्रममा प्रमुख अतिथि सन्त समाज नेपालका अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वतीले आफ्नो भनाइ राख्दै नेपाल कसैले धर्म निरपेक्ष भन्दै र गराउदै मा नेपाल धर्म निरपेक्ष हुनै सक्दैन, नेपाल हिन्दु राष्ट्र सनातन काल देखि थियो, छ, र सधै रहिरहन्छ , वस त्यसका लागि नेपाल का विभाजित ॐ कार परिवार यश छाता संस्थामा जोडिन सवैलाई आग्रह गरेका छन , विशिष्ट अतिथि पुर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्गदेलले हिन्दु राष्ट्र गराउन छ भने एकचोटि सवै शक्ति राप्रपा ले उठाएको हिन्दु राष्ट्रको मागमा एकठाउमा आउन आग्रह गर्दै म र मेरो दल सधै विश्व हिन्दु माहासंघको पछाडि लागि रहने समेत वताए ।

कार्यक्रममा स्वामी विवेकानन्द, पुर्वमन्त्री द्वय निक्ष शमशेर राणा , ध्रुब बहादुर प्राधान, वरिष्ठतम् समाजसेवी दिपकुमार उपाध्याय , दिपक प्रक्राश बास्कोटा लगायतका अतिथिहरु सहभागी थिए ।
कार्यक्रममा ७७ जिल्लाका ५५ सय कार्यकारिणी सदस्य एवं पर्यवेक्षक हरुको उपस्थिति रहेको थियोे ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array