पेट्रोलियम पदार्थको मूल्य घट्यो

होस्ट खबर २१ चैत्र २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । भारतीय आयल कर्पोरेशनले मूल्य घटाएर सूची पठाएपछि सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य समायोजन गर्ने निर्णय गरेको हो ।

निगमको निर्णयअनुसार डिजेल प्रतिलिटर १० र पेट्रोलमा ३ रुपैयाँले मूल्य घटेको छ । निगमका अनुसार डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य लिटरमा १० रुपैयाँ र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय भएको छ । सो घटेको मूल्य आज देखि लागू भएको निगमको भनाइ छ । खाना पकाउने ग्यासको मूल्य यथावत राखिएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्