जुम्लाको पातारासी–५ बालविवाह मुक्त घोषणा

होस्ट खबर २० चैत्र २०७९, सोमबार
1 Min Read
Aa

सुर्खेत : जुम्लाको पातारासी गाउँपालिका–५ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ । आइतबार एक औपचारिक कार्यक्रम गरेर पातारासी गाउँपालिका–५ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको हो ।

गाउँपालिकाका जनप्रतिनिधि र सरोकारवालाको पटक पटकको अनुगमन र निरीक्षणपछि वडाभित्र चालू आर्थिक वर्षमा शून्य बालविवाह देखिएपछि बालविवाह मुक्त वडा घोषणा गरिएको हो ।

अशिक्षाले जगडिएको पातारासीमा सिंगो वडा नै बालविवाहमुक्त क्षेत्र घोषणा हुनु महत्वपूर्ण उपलब्धि भएको जिल्ला समन्वय समिति जुम्लाका सदस्य धनसुर बुढाले बताए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्