पार्टीको घोषणापत्र लेखेका डा. वाग्लेले किन छाडे कांग्रेस

होस्ट खबर १७ चैत्र २०७९, शुक्रबार
2 Min Read
Aa

काठमाडौं : विगत एक दशकयता नेपाली कांग्रेसको आर्थिक नीति र योजनाकारका रूपमा चिनिएका अर्थशास्त्री डा.  स्वर्णिम वाग्लेले कांग्रेस पार्टी नै छाडेका छन् ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले ५० वर्षदेखि आफ्नो पारिवारिक विरासत गाँसिएको दल कांग्रेसबाट अलग भएको घोषणा गरेका हुन् । वाग्लेले २०७४ र गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको घोषणापत्र लेख्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

‘२०४२ सालको ‘सत्याग्रह’ र २०४६ को जनआन्दोलन देखिको मेरो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली कांग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु,’ डा. वाग्लेले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन् ।

डा. वाग्लेले पछिल्ला वर्षमा कांग्रेस पार्टीभित्रका गतिविधि नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शिर निहुरिने अवस्था आएकाले आफू कांग्रेसबाट बाहिरिएको उल्लेख गरेका छन् ।

‘जननायक बीपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाइ–भाउजू–साला–भतिजाको अक्षम गिरोहमा परिणत हुने क्रममा छ ।’

‘जननायक बीपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाइ–भाउजू–साला–भतिजाको अक्षम गिरोहमा परिणत हुने क्रममा छ,’ उनले वर्तमान कांग्रेस नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै लेखेका छन् ।

डा. वाग्लेले कांग्रेसमा आफूले विगत ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्ष रूपमा रहेर आर्थिक नीति र योजना, वौद्धिक–सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा काम गरेको समेत भनेका छन् ।

उनले राष्ट्रिय योजना आयोगमा सुशील कोइराला र शेरबहादुर देउवाले दिएको जिम्मेवारी आफूले कुशलताका साथ सम्पन्न गरेको पनि उल्लेख गरेका छन् । डा. वाग्लेले अब बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्ने लक्ष्य पनि खुलाएका छन् । राजधानी दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array