काठमाडौं : सरकारले नेपाल प्रहरीको ३०औं महानीरिक्षक (आईजीपी)को जिम्मेवारी प्रहरी अतिरिक्त महानीरिक्षक (एआईजी) वसन्त कुँवरलाई दिएको छ ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई नेपाल प्रहरीको ३०औं प्रहरी प्रमुख बनाएको हो । कुँवर एसएसपीबाट डीआईजी र डीआईजीबाट एआईजीमा बढुवा हुँदा पहिलो वरीयतामै परेका थिए । उनै कुँवरलाई सरकारले प्रहरी प्रमुखका लागि योग्य देखेको हो ।
प्रहरीको नेतृत्वका लागि पाँच जना एआईजी थिए । त्यसमध्ये सरकारले कुँवरलाई आईजीपी बनाएको हो । कुँवरसँगै ६ चैतमा बढुवामा पर्दै एआईजी बनेका टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रहरीको नेतृत्वका लागि लबिङमा थिए ।
प्रहरी नियमावली, २०७१ को नियम ४१ मा ‘ज्येष्ठता, कार्य कुशलता, कार्य क्षमता, उत्तरदायित्व वहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामथ्र्यको आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्नेछ’ भनिएको छ ।
सोही आधारमा सरकारको मूल्यांकनको तजबिजीका आधारमा प्रहरीको नयाँ आईजीपी तोकेको हो । आईजीपी बनेका कुँवर ५ चैत २०५१ मा प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका थिए । राजधानी दैनिकबाट
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्