मिडिया र संसदको सम्बन्ध नङ र मासुको जस्तै हो: सभामुख गुरुङ्ग

होस्ट खबर १० चैत्र २०७९, शुक्रबार
2 Min Read
Aa

सुर्खेत : कर्णाली प्रदेश सभाका सभामुख नन्दा गुरुङ्गले सञ्चार क्षेत्र र संसदको सम्बन्ध नङ्ग र मासु जस्तै भएको बताएकी छिन् । शुक्रबार संसद संचिवालयले आयोजना गरेको पत्रकार भेटघाटमा उनले यस्तो बताएकी हुन् । ‘संसदमा भए/गरेका गतिविधिहरु जनतामाझ पु¥याउन सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुन्छ’ सभामुख गुरुङ्गले भनिन्, ‘यही महत्वका कारण सञ्चार क्षेत्र र संसदबीच नङ्ग र मासुको जस्तै सम्बन्ध हुन्छ ।’ संसद र संसद सचिवालयका गतिविधिहरु जनता सामु पुर्याउनका लागि सबै सञ्चार क्षेत्रसँग समन्वय र सहकार्य गरेर अगाडि बढ्ने समेत प्रतिबद्धता जनाइन् ।

‘विगतमा जस्तै आगामी दिनमा पनि संसदीय गतिविधिका विषयमा सहज रुपमा समाचार संकलनको वातावरण बनाउने छु’ उनले भनिन्, ‘संसदका हरेक गतिविधि जनतामाझ पु¥याउनका लागि सञ्चारकर्मीहरुसँग सहकार्य र समन्वय गर्नेछु ।’

कार्यक्रममा सञ्चारकर्मीहरुले संसदभित्र हुने हरेक गतिविधिहरुको समाचार संकलनका लागि सहज वतावरण बनाउनुपर्ने बताए । नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलले संसदले समाचार संकलन गर्दा सबै उपकरणहरु लिन नदिने भएका कारण अपमानित भएर समाचार संकलन गर्न नसकिने बताए ।

पत्रकार महासंघ सुर्खेतका उपाध्यक्ष सुदिप पुरीले टेलिभिजनमा कार्यरत सञ्चारकर्मीहरुको सन्दर्भमा लागि संसद र संसद सचिवालय सञ्चार मैत्री हुन नसकेको बताए । राष्ट्रिय समाचार समिति कर्णाली प्रदेशका प्रमुख सुरजकुमार सिंहले संसद चलेको अवस्थामा क्यामेरा र कलम लिएर संसदमा प्रवेश गर्न नदिनु भनेको हतियार नदिएर सिपाईलाई लडाइमा पठाएको जस्तै व्यवहार गरेको उल्लेख गरे । होष्टखबर डटकमका सह–सम्पादक प्रेमप्रकाश खड्काले संसद तथा संसदीय समितिले जुनसुकै विषयको कानुन निर्माण गर्दा विज्ञहरुको अनिवार्य परामर्श र सल्लाह लिनुपर्ने बताए ।

कार्यक्रममा कर्णाली प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकीले पत्रकार र संसदबीच समधुर सम्बन्ध रहने बताए । उनले प्रदेश सभा सचिवालयले गरेका घटना र विगतका भुभागका हिसाबले सबैभन्दा ठूलो र कर्णालीको मन ठूलो भएको उल्लेख गरे । हाल प्रदेश सभाका चार वटा समितिले पूर्णता पाउन नसकेको र अहिलेसम्म ६ वटा बैठक बसेको जानकारी दिए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array