कस्को होला, सुर्खेतमा घाँटी रेटिएको अवस्थामा फेला परेको शव ?

होस्ट खबर १ चैत्र २०७९, बुधबार
2 Min Read
Aa

सुर्खेत : सुर्खेतमा एक जना युवकको शव फेला परेको छ। मंगलबार साँझ वीरेन्द्रनगर–१० बुदबुदी टोलमा एक जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। शवको पहिचान भने भइसकेको छैन।

युवकको घाँटीमा धारिलो हतियार प्रहार भएको देखिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) लक्ष्मण शाहीले जानकारी दिए।

उनका अनुसार मंगलबार बेलुका पाँच बजे शवको बारेमा प्रहरीलाई सूचना पुगेको थियो। कोहलपुरबाट तालिम प्राप्त कुकुर सहितको अनुसन्धान टोली घटनास्थलमा अनुसन्धान गरिरहेको छ, डिएसपी शाहीले बताए।

अहिलेसम्म शवको पहिचान भने खुल्न सकेको छैन l तर सामाजिक सन्जालमा भने घटनाका मृतक जुम्ला घर भई राष्टिय अनुसन्धान विभागका कर्मचारी सन्तोष भण्डारी भएको भन्दै समाचार फैल्याएको छ l यसमा कुनै पनि सत्यता नभएको सुर्खेत जिल्ला प्रहरी कार्यलय सूचना अधिकारी लक्षमण शाहीले बताए l

“घटना भएको जानकारी आएपछि करिव साढे पाँच बजेदेखि हामी घटना स्थलमै छौ । घटना स्थल आसपास का करिव ५०० जना मान्छेसँग सोधपुछ गर्दा पनि मृतकलाई कसैले चिनेका छौ भनेनन् । उनले भनें, सोधपुछ गर्ने क्रममा एकजना प्रदेश अन्तर्गत का अनुसन्धान विभाग का कर्मचारीले मेरो साथी सन्तोष भण्डारी हो भनेका थिए । तर हामीले बुझ्दा उनको साथी सकुशल भएको जानकारी पायौं ।”

सोयम मृतक भनिएका सन्तोष भण्डारीले फेसबुक स्टाटस मार्फत आफू जीवित भएको र यस्तो गलत समाचार सम्प्रेषण नगरिदिन अनुरोद पनि गरे l

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array