स्ववियु निर्वाचन: देशभरका क्याम्पसमा आज उम्मेदवारी दर्ता

होस्ट खबर २७ फाल्गुन २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं : त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि आज शनिबार देशभरका आंगिक र सामुदायिक क्याम्पसमा उम्मेदवारी दर्ता हुँदैछ ।

समानुपातिक तर्फको नामावली दाखिला पनि आजै गर्नुपर्ने निर्वाचन कार्यतालिकामा उल्लेख छ । त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको स्ववियु निर्वाचनको कार्यतालिकाअनुसार आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ ।

यस्तै, आज साँझ ५ बजे प्रत्यक्षतर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यक्रम छ । स्ववियु निर्वाचनको मतदान ५ चैतमा बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्