छिमेकीको कुटपिटबाट दैलेखमा एकजनाको मृत्यु

होस्ट खबर २३ फाल्गुन २०७९, मंगलवार
1 Min Read
Aa

दैलेख : दैलेखमा कुटपिटबाट एकजनाको मृत्यु भएको छ। छिमेकी युवाहरुको कुटपिटबाट दैलेखको नारायण नगरपालिका–११ बिन्ध्यवासिनीका ५३ वर्षीय गगनबहादुर बिकको ज्यान गएको हो ।

छिमेकीका श्रीमान श्रीमति झगडा गरिरहेको ठाउँमा सम्झाउन खोज्दा गगनबहादुर माथि जाई लागेर घाइते बनाएको र उपचारको क्रममा ज्यान गएको बताइएको छ । गगनबहादुरलाई कसैले कुटपिट गरेका भन्ने जानकारीका आधारमा घटनास्थल पुगेर प्रहरीले घाइते अवस्थामा फेला पारेको र उपचारका लागि दैलेख अस्पताल पुर्‍याएपछि ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्सालले बताए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्