मेस्सीलाई आक्रमणको धम्की

होस्ट खबर २० फाल्गुन २०७९, शनिबार
1 Min Read
Aa

एजेन्सी : अर्जेन्टिना फुटबल सुपरस्टार लियोनल मेस्सीलाई आक्रमणको धम्की दिँदै बन्दुकधारी समूहले उनको ससुरालीको स्वामित्वमा रहेको सुपरमार्केटमा गोली प्रहार गरेका छन् ।

मेस्सीपत्नी एन्टोनेला रोकुजोको परिवारको स्वामित्वमा देशको तेस्रो ठूलो सहर रोजारियोकोस्थित युनिको सुपरमार्केटमा बिहीबार दर्जन गोली प्रहार गरेर आक्रमणकारीले छाडेको लिखित सन्देशमा मेस्सीलाई आक्रमणको धम्की दिइएको हो । ब्यूनस आयर्सबाट तीन सय किलोमिटर उत्तरपश्चिममा रोजारियो सहर अवस्थित छ ।

मेस्सीका ससुरालीको पसल बाहिर टाँसिएको सन्देशमा ‘मेस्सी १ हामी तिमीलाई पर्खिरहेको छौं, जाभकिन पनि लागूऔषध तस्कर हो, उसले तिम्रो ख्याल गर्दैन’ भनिएको छ ।

रोजारियोका सहरका प्रमुख पाब्लो जाभकिनले आक्रमण गरिएको पसलको अवलोकन गरेर लागूऔषधसम्बन्धी हिंसामा भएको वृद्धि रोक्न असफल भएको भन्दै संघीय अधिकारीको आलोचना गरेका छन् । राजधानी दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array