त्रिकोणात्मक सिरिज: आज नेपाल र यूएई खेल्दै

होस्ट खबर १८ फाल्गुन २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं : विश्वकप लिग टु क्रिकेटमा बिहीबार नेपालले युएईको सामना गर्दैछ । युएईको दुबईमा जारी पपुवा न्युगिनी (पीएनजी) सम्मिलित त्रिकोणात्मक एक दिवसिय क्रिकेट श्रृंखलामा बुधबार नेपालले घरेलु टिम युएईको सामना गर्न लागेको हो । खेल नेपाली समयअनुसार बिहान पौने १२ मा सुरु हुँदैछ ।

लगातार पाँच एकदिवसीय अन्तराष्ट्रियमा अपराजित रहेको नेपाल जितलाई निरन्तरता दिन चाहान्छ ।

यस सिरिजमा दुवै टोलीको यो दोस्रो खेल हो । पहिलो खेलमा नेपालले पीएनजीलाई पराजित गरेको थियो । यूएई भने पीएनजीसँग पराजित भएको थियो ।

सात टोली सहभागि आईसीसी क्रिकेट विश्वकप लिग टु मा युएई, नेपाल र पीएनजी तालिकाको पुछारमा रहेका छन् ।

आईसीसीको एक दिवसिय हैसियत जोगाउन संघर्षरत यी तीन टोलीबीच यो समेत दुई वटा क्रिकेट श्रृंखला बाँकी छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्