भारतबाट बढेर आयो ग्याँसको मूल्य, पेट्रोल र डिजेलको घट्यो

होस्ट खबर १८ फाल्गुन २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौ : भारतबाट पेट्रोल र डिजलको मूल्य घटेर आएको छ । डिजेल प्रतिलिटर ५.५ रुपैयाँ र पेट्रोल लिटरमा १.२१ रुपैयाँले मूल्य घटेर आएको छ। यस्तै मट्टितेलमा प्रतिलिटर ३.४० रुपैयाँ घटेर आएको छ । यसपटक खाना पकाउने ग्यासको मूल्य भने ३३९.०६ रुपैयाँले बढेर आएको छ ।

बुधबार इण्डियन आयल कर्पोरेसनले नेपाल आयल निगमलाई पेट्रोल र डिजेलको मूल्य घटेको र खाना पकाउने ग्यासको मूल्य बढेको पत्र पठाएको निगम स्रोतले जनाएको छ ।यस्तै हवाइ इन्धनमा ७.३ रुपैयाँ घटेर आएको छ ।

यो घटेको मूल्यलाई आधार मान्दा निगम अझै ४४ करोड रुपैयाँ नाफामा रहने निगम स्रोतले जनाएको छ । नेपालमा भने के गर्ने भन्नेविषयमा सञ्चालक समितिको बैठकले तय गर्ने निगमको भनाइ छ ।इण्डियन आयल कर्पोरेसनले हरेक १५ दिनमा आयल निगमलाई नयाँ मूल्य सूची पठाउने गरेको छ । यसअघि पनि मूल्य घटेर आएको थियो । तर नेपालमा भने घटाइएको थिएन । भारतबाट मूल्यसूची बढेर आउँदा नेपालमा मूल्यबृद्धि गरिहाल्ने निगमले मूल्य सूची घट्दा भने घटाउन तयार नहुने गरेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्