सरकारमा जान मेरो दाबी छैन: उपसभापति पूर्णबहादुर खड्का

होस्ट खबर १६ फाल्गुन २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आफू सरकारमा नजाने बताएका छन् ।

कांग्रेसबाट सरकारमा जानेदाबी गरेको भन्ने चर्चा भएको बताउँदै उपसभापति खड्काले आफ्नो कुनै पनि कुरामा दाबी नभएको बताएका हुन् ।

गत पुस १० गते भत्किएको गठबन्धनलाई पुनस्स्थापित गर्ने संकल्प पूरा गरिएको भन्दै उनले अब कुनै कुरामा आफ्नो दाबी नभएको बताएका हुन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘पुस १० गते भत्काइएको गठबन्धनलाई पुनस्स्थापित गर्ने त्यही दिन राति गरेको संकल्पलाई लगभग पूरा गरिएकोछ। अब मेरो दाबी कुनै कुरामा छैन ।’

नयाँ गठबन्धन बनेसँगै नेपाली कांग्रेसबाट सरकारको नेतृत्व खड्काले गर्न चाहेको चर्चा चलेको थियो । उनले सोही विषयमा स्पष्टीकरण दिएका हुन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्