पहाडी भूभागको केही स्थानमा हल्का वर्षा हुने सम्भावना

होस्ट खबर १५ फाल्गुन २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं : पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेकाले आज पनि पहाडी भूमागको केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज प्रदेश १, बागमती गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही भूभागमा वर्षा हुनेछ ।

आज राति प्रदेश १, गण्डकी प्रदेशको उच्च पहाडी भूभागको केही स्थानमा हल्का हिमपात हुने विभागले जनाएको छ । यसैबीच, भोलि मंगलबार दिउँसो देशका केही पहाडी भूभागमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ । राति प्रदेश १, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी भूभागको एक दुई स्थानमा हल्का हिमपात हुने विभागले जनाएको छ ।

त्यस्तै, फागुन १७ गते बुधबार पनि देशको पहाडी भूभागमा बदली कायमै रहने छ । देशको पहाडी भूभागको एक दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । सोही राति देशको पहाडी भूभागमा सामान्य बदली रही प्रदेश १ र गण्डकी प्रदेशको उच्च पहाडी भूभागमा हल्का हिमपात हुने विभागले जनाएको छ । चट्याङसहित पानी पर्ने हुनाले सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array