लेकबेशीबाट पाँच थान भरुवा बन्दुक बरामत

होस्ट खबर ११ फाल्गुन २०७९, बिहीबार
0 Min Read
Aa

सुर्खेत : सुर्खेतको लेकबेशी नगरपालिकाको खल्टाकुरा ओढारमा लुकाई राखेको ५ थान भरुवा बन्दुक प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी टोलीले ग्रामिण गस्ती गर्ने क्रममा ओडारमुनी लुकाई राखेको अवस्थामा वेवारिसे बन्दुक फेला पारेको हो ।

जंगलको ढुङ्गाको ओडारमुनी वेवारिसे अवस्थामा लुकाई छिपाई राखेको ५ नाल भरुवा बन्दुकको खाली नाल फेला पारेको र उक्त भरुवा बन्दुक नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्