कर्णाली प्रतिष्ठानले दैलेखमा सय श्ययाको अस्पताल बनाउँदै

होस्ट खबर १० फाल्गुन २०७९, बुधबार
1 Min Read
Aa

सुर्खेत : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले दैलेख आठबीस नगरपालिकामा अवस्थित राकम कर्णालीमा एक सय शय्याको अस्पताल बनाउने भएको छ ।

एक सय श्ययाको अस्पताल निर्माणका लागि प्रतिष्ठानको पहल तथा आठबीस नगरपालिकाको समन्वयमा त्यहाँका स्थानीय नागरिकले ४२ रोपनी जग्गा पास गरेका छन् । राकममा उक्त अस्पताल निर्माणका लागि प्रतिष्ठानका निर्देशक र उक्त नगरपालिकाका पूर्वनगरप्रमुख खड्गबहादुर सेजुवालले विसं २०७६ फागुन १० गते समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

सम्झौता मितिदेखि प्रतिष्ठानले आठबीस नगरपालिकालाई विशेषज्ञ सेवा प्रवाहका लागि चिकित्सक पठाउने गरेको छ । अहिले आठबीसको स्वास्थ्य सेवामा सहयोग पुगोस् भन्ने हेतुले गैरआवासीय नेपाली सङ्घ ९एनआरएन०को सहयोगमा प्रतिष्ठान जुम्लाले अक्सिजन प्लान्ट सहयोग गरेको छ । जसको उद्घाटन आज कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाहले गरे ।

अक्सिजन प्लान्टको उद्घाटनका क्रममा योजनामन्त्री शाहले प्रदेश सरकारले राकम कर्णालीमा एक सय शय्याको अस्पताल निर्माण गर्ने कार्यलाई पहिलो प्राथमिकता दिने बताए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्