अभिनेत्री करिष्माको उजुरीपछि डिल्लीराम खनाल पक्राउ

होस्ट खबर ६ फाल्गुन २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं : कलाकार तथा एमाले नेतृ करिष्मा मानन्धरको उजुरीपछि युट्युबका ‘भाइरल म्यान’ डिल्लीराम खनाल पक्राउ परेका छन् । सामाजिक सञ्जालमार्फत जथाभावी अभिव्यक्ति दिएको आरोप लागेका खनाललाई नेपाल प्रहरीको साइबर ब्यूरोले आज समातेको हो ।

उनलाई काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको ब्यूरोका प्रवक्ता पशुपतिकुमार रायले बताए । करिष्माले गत माघ २४ गते खनालविरुद्ध ब्यूरोमा उजुरी हालेकी थिइन् ।

सामाजिक सञ्जालमार्फत खनालले आफ्नो मानहानी हुने अभिव्यक्ति दिएको भन्दै उनी कानुनी उपचारका लागि प्रहरीकहाँ पुगेकी हुन् । खनालले एक अन्तरवार्तामा करिष्मालाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग जोडेर अभिव्यक्ति दिएका थिए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array