ग्यास सिलिन्डर विस्फोटमा घाइते कांग्रेस नेता भण्डारीलाई भारत लगिँदै

होस्ट खबर ४ फाल्गुन २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं : खाना पकाउन प्रयोग हुने ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीको उपचार जारी छ । बुद्धनगरस्थित निवासमा बुधबार राति ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा घाइते भएका थिए ।

भण्डारीका सहयोगी भुवन भुसालका अनुसार उनीहरू दुवैको अहिले कीर्तिपुर अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ । भण्डारीको कम्मरदेखि तलको भाग जलेको छ । उनको करिब २५ प्रतिशत भाग जलेको छ ।

भण्डारीकी आमाको ७० प्रतिशतभन्दा धेरै भाग जलेको छ । आमालाई बचाउने क्रममा भण्डारीको शरीरमा पनि आगो लागेको थियो । यसैबीच, स्रोतका अनुसार भण्डारी र उनकी आमा दुवैलाई थप उपचारका लागि भारत लैजाने विषयमा सल्लाह भइरहेको छ ।

चिकित्सकले थप उपचारका लागि भारत लैजान सुझाव दिए आजै उनीहरूलाई मुम्बई लगिनेछ । भुसालका अनुसार ग्यास लिक भएर सिलिन्डर विस्फोट भएको आशंका गरिएको छ । सुतिसकेपछि करिब १० बजेतिर सिलिन्डर विस्फोट भएको थियो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्