दैलेख श्रीमती हत्या प्रकरण: विवाह भएको दुई महिनामै श्रीमतीको हत्या

होस्ट खबर ३ फाल्गुन २०७९, बुधबार
1 Min Read
Aa

दैलेख : आफ्नै श्रीमती २७ वर्षीया पार्वती बिसीको हत्या गरेको अभियोगमा गुराँस गाउँपालिका-८ माथिल्लोगार्जा बस्ने २८ वर्षीय कृष्ण बहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।

सामान्य वादवि’वाद हुँदा कृष्णले ढोकामा लगाउने काठको गरालोले टाउकोमा हान्दा पार्वतीको घटनास्थलमा नै मृत्यु भएको भन्ने खबर प्राप्‍त हुनासाथ जिल्ला प्रहरी कार्यालय दैलेख र प्रहरी चौकी लालिकाँडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

कृष्णबहादुर र पार्वतीबीच गएको मङ्सिर २६ गते मागी विवाह भएको थियो । मृतक पार्वतीको माइती घर गुराँस गाउँपालिका–६ मा हो । कृष्णबहादुर बोल्न नसक्ने अनि कान नसुन्ने र पार्वती सुस्त मनस्थितिको भएको कारण के कुराले विवाद सिर्जना भयो भन्ने थाहा नभइसकेको मृतकका दाजु केशवकुमार बीसीले बताए । यस घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्