यति एयरलाईन्स दुर्घटनाः मृतकका परिवारलाई भयो बीमा रकम भुक्तानी

होस्ट खबर ३ फाल्गुन २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं : एलआइसी नेपालले पोखरामा यति एयरलाईन्सको विमान दुर्घटनामा परी मृत्यू भएका मृतकको परिवारलाई दाबी रकम वापतको करिब ४१ लाख रुपैयाँ भुक्तानी दिएको छ । कम्पनीमा आयोजित एक कार्यक्रममा कम्पनीको नायब कार्यकारी प्रमुख श्री.टी. वर्णवालले परिवारलाई दाबी भुक्तानी हस्तान्तरण गरेका हुन् ।

गत माघ १ गते काठमाडौँबाट पोखराका लागि उडेको यति एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० जहाज अवतरणका क्रममा दुर्घटना हुँदा चालक दलका चारसहित ७२ यात्रुहरुको मृत्यु भएको थियो । मृतकहरूमध्ये डा.  गणेश थापा, अनिल शाही र लक्ष्मी पौडेलले एलआइसी नेपालको बीमा योजना खरिद गरेका थिए । निजहरूको मृत्यु पछि कम्पनीले नै दावी भुक्तानीमा अग्रसरता देखाई निजहरुको आफन्तजनलाई प्रक्रिया पुर्‍याई दावी भुक्तानी गरेको हो ।

सो दावी भुक्तानी हस्तान्तरण कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृतले जीवन बीमाले कसैको जीवनको भावनात्मक पक्षलाई परिपुरर्ण गर्न नसक्ने तर आर्थिक प्रभावलाई न्यूनिकरण गर्न सहयोग पुर्याउने भन्दै बीमाको महत्व प्रष्ट पारे । एलआइसी नेपाल सदैव बीमितिको हकहित प्रति प्रतिबद्द रहेको र दावी भुक्तानी प्रकियामा अझै शीघ्रता ल्याई आम नागरिकको बीमा प्रति भरोसा बृद्दि गर्न कुनै कसर बाँकी नराखिने जानकारी उनले गराए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array