यातायात मजदुरमाथि ट्राफिक प्रहरीको ज्यादती

होस्ट खबर २ फाल्गुन २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं : ट्राफिक प्रहरीले यातायात मजदुरमाथि ज्यादती गरेको भन्दै राजधानीको बालाजु क्षेत्रमा शुरू भएको आन्दोलनले उग्र रूप लिएको छ । सार्वजनिक यातायातमाथि ट्राफिक प्रहरीले अनावश्यक हस्तक्षेप गरेको भन्दै आन्दोलनमा उत्रिएपछि त्यस क्षेत्रमा लुटपाटसमेत मच्चिएको छ ।

ट्राफिक प्रहरीले सवारी नियम उल्लंघन गरेको भन्दै लिने जरिवाना बढी भएको विरोधमा यातायात क्षेत्र ठप्प पारेर आन्दोलनमा उत्रिएका मजदुर र प्रहरीबीच पटकपटक झडप भएको थियो । आन्दोलनकारीले नेपाल प्रहरीको माछापोखरीमा रहेको अस्थायी प्रहरी बिट र २ वटा भ्यानमा आगो लगाइदिएका छन् । त्यसै गरी आन्दोलकारीले ल्होत्से महलभित्र प्रवेश गरी तोडफोड गरेका छन् ।

ट्राफिक प्रहरीले माघ १ गतेदेखि देशभर सवारी नियम उल्लंघन गर्ने सवारीकर्ताले १ हजार ५ सय रुपियाँ जरिवाना पुर्याएपछि यातायात मजदुरले त्यसको विरुद्धमा आवाज उठाउँदै आएका थिए ।

यातायात मजदुरले आज मंगलबार उपत्यकामा सार्वजनिक सवारीसाधन चल्न नदिने घोषणा गरेका छन् । सोमबार बालाजु क्षेत्रमा भएको आन्दोलनका कारण लामो दूरीमा चल्ने सार्वजनिक बससमेत प्रभावित भएका थिए ।

राजधानीबाट बाहिर जाने कुनै पनि सवारीसाधन चल्न सकेका थिएनन् । नेपाल समाचारपत्रबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्