सुर्खेतमा बसको ठक्करबाट एक महिलाको मृत्यु

होस्ट खबर २९ माघ २०७९, आईतवार
1 Min Read
Aa

सुर्खेत : सुर्खेतमा बसले ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको छ । सुर्खेत बसपार्कमा बसको ठक्करबाट अन्दाजी ६२ वर्षीय महिलाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीका अनुसार बा ४ ख ८०६१ नम्बरको बसले २ बजेको समयमा उनलाई ठक्कर दिएको थियो ।

उनका अनुसार बस चालक भने फरार भएका छन् । बस नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । फरार चालकको खोजीकार्य भइरहेको उनले बताए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array