सुर्खेतमा लागुऔषधसहित चार जना पक्राउ

होस्ट खबर २६ माघ २०७९, बिहीबार
1 Min Read
Aa

सुर्खेत : जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ। कर्णाली प्रदेश प्रहरी व्युरो, लागुऔषध नियन्त्रण व्युरो सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतको सयुक्त प्रहरी टोलीले वीरेन्द्रनगरबाट चार जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका ३ बस्ने २४ वर्षीय प्रितम शाही, वीरेन्द्रनगर ४ बस्ने १९ वर्षका अभिषेक बस्नेत, २० वर्षका रोहन धौलाकोटी र २६ वर्षका दिपेश थापामगर रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता माधव श्रेष्ठले बताए।

पक्राउ परेका उनीहरुको साथबाट १५ ग्राम ९ मिलि ग्राम ब्राउन सुगर र नगद २१ हजार ९४० रुपैयाँ फेला बरामद गरिएको छ। पक्राउ परेका चारै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतको थुनामा राखिएको छ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array