कर्णालीमा आत्महत्या र जबरजस्ती करणीका धेरै मुद्दा

होस्ट खबर २१ माघ २०७९, शनिबार
1 Min Read
Aa

सुर्खेत : कर्णाली प्रदेशमा चालू आर्थिक वर्ष २०७९र/८० को ६ महिनाको अवधिमा आत्महत्या र जबरजस्ती करणीका मुद्दाहरु धेरै दर्ता भएका छन् ।

प्रहरीका अनुसार २०७९र/८० को छ महिनाको अवधिमा झुण्डिएर एक सय १३, जबरजस्ती करणीका एक सय आठ, भवितव्य ज्यान मुद्दामा एक सय १७, सार्वजनिक हित स्वास्थ्य सुरक्षा, सुविधा नैतिकता विरुद्ध कसुरमा ६८, मुद्दा दर्ता भएका छन् ।

कर्णाली प्रदेश प्रहरीका अनुसार लागुऔषधका ५५, बहुविवाहका ३६, बैकिंङ्ग कसुरमा ३४, सवारी ज्यान र चोरीमा २२ वटा मुद्दाहरु दर्ता भएका छन् । प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले प्रदेशमा धेरैजसो जबरजस्ती करणी तथा आत्महत्याका घटनाहरु दर्ता भएको बताए । उनका अनुसार अघिल्ला वर्षहरुका तुलनामा यस वर्ष आपराधिक घटनाहरुमा कमी आएको छ । प्रहरीको स्रकियता जिल्ला–जिल्लामा प्रहरी पोष्टको विस्तार र चेतना वृद्धिले आपराधिक घटनामा कमी पाइएको उनको दाबी छ ।

प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/०७८ मा एक हजार ६ सय ३६ घटना भएकोमा २०७८/०७९ मा एक हजार ५ सय ५५ र २०७९/०८० को पुस मसान्तसम्म ७ सय ६७ घटना भइको तथ्यांक छ । सुरक्षित कर्णालीका लागि प्रहरीले रणनीतिका साथ लागेको प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले बताए । कर्णालीका नागरिकसँग जोडिएका समस्यालाई सम्बोधन हुने गरेर निकट भविष्यमा ‘सुरक्षित कर्णाली प्रदेश विशेष अभियान’ उनको योजना छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array