काठमाडौं : बिहीबार देशैभरी आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू–भागहरूमा आंशिक बदली हुनेछ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाको अनुसार बिहीबार राति भने प्रदेश १, मधेश प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।



प्रतिक्रिया दिनुहोस्