निलम्बन फुकुवासँगै सन्दीपको मैदान फर्किने बाटो खुल्यो

होस्ट खबर १८ माघ २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं : बलात्कारको आरोपमा थुनाबाट धरौटीमा छुटेका क्रिकेटर सन्दीप लामिछानेका लागि खेलका लागि मैदान फर्किने बाटो खुलेको छ । मंगलबार नेपाल क्रिकेट संघ ९क्यान०ले पूर्वकप्तान सन्दीप लामिछानेमाथिको गरेको निलम्बन फुकुवा गरेसँगै खेलका लागि बाटो खुलेको हो ।

मंगलबार अबरेसम्म बसेको क्यानको बोर्ड बैठकले पुर्व कप्तान लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । किशोरी बलात्कारको आरोपमा पक्राउ परेका सन्दीप केही दिन अघि मात्र उच्च अदालत पाटनको शर्तसहित धरौटीमा रिहा भएका हुन् ।

उच्च अदालतको निर्णयपछि क्यानले निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । सो निर्णयसँगै लामिछानेलाई पुनः क्रिकेट मैदानमा फर्कने वाटो खुलेको हो ।

गत भदौ २३ मा क्यानले किशोरी बलात्कारको आरोप लागेपछि लामिछानेलाई निलम्बन गरेको थियो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्