क्रिकेटर सन्दीप लामिछाने फेरि थुनामा जाने सम्भावना

होस्ट खबर १६ माघ २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं : गत पुस २८ गते थुनामुक्त भएका क्रिकेटर सन्दीप लामिछाने पुनः थुनामा जाने सम्भावना बढेको छ । २० धरौटीमा थुनामुक्त भएका सन्दीपलाई थुनामै राखेर उनीविरुद्धको नाबालिग बलात्कारको मुद्दा प्रक्रिया अघि बढाउन माग गर्दै महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत जाने भएको छ ।

महान्यायाधिवक्ता कार्यालयको सर्वोच्च जाने तयारीसँगै सन्दीप पुनः थुनामा जाने सम्भावना बढेको हो । महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जिवराज रेग्मीका अनुसार गत बिहीबार नै महान्यायाधिवक्ताको कार्यालयले लामिछानेलाई धरौटीमा थुनामुक्त गर्ने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च जाने निर्णय गरेको हो ।

भोली सोमबारसम्ममा सर्वोच्चमा महान्यायाधिवक्ताको कार्यालयले निवेदन दर्ता गर्ने समेत प्रवक्ता रेग्मीले बताएका छन् । उच्च अदालतको पुस २८ गतेको आदेशले लामिछानेलाई २० लाख धरौटीमा छाड्ने गरी गरेको आदेशलाई सर्वोच्चमा चुनौती दिने निर्णय भएको महान्यायाधिवक्ताको कार्यालयको ठहर छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array