सुर्खेत : कोहलपुरका एक पुरुषले आफ्नी श्रीमती र छोरालाई आगो लगाउँदा छोराको मृत्यु भएको छ। कोहलपुरका भानुभक्त विकले श्रीमती र छोरालाई आगो लगाउँदा २ वर्षीय छोराको मृत्यु भएको हो। श्रीमती गंगासँगको झगडामा विकले श्रीमतीलाई पेट्रोल छर्केर आगो लगाउँदा छोरा प्रिन्ससमेत जलेको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी ऐनबहादुर मल्लले जानकारी दिए।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
जलेर घाइते भएका दुवैलाई कोहलपुरमा उपचारपछि नेपालगञ्जमा भेरी अस्पतालमा ल्याइएको थियो। आज बिहान ६ बजेतिर छोरा प्रिन्सको मृत्यु भएको छ। गंगाको उपचार भइरहेको छ।
प्रहरीले भानुभक्तलाई नाकाबाट पक्राउ गरेको छ। उनीहरू भारततिर भाग्दै थिए। आइतबार साँझ ७ बजे घटना भएको थियो। ११ बजेतिर घाइतेलाई नेपालगञ्ज ल्याइएको थियो।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्