निर्वाचित सबै सदस्यहरु एक भएर प्रदेश अस्पतलाई उत्कृष्ट बनाउन पहल गर्नुपर्छ: उपसभापति खड्का

होस्ट खबर
होस्ट खबर १३ माघ २०७९, शुक्रबार
2 Min Read
Aa

सुर्खेत : नेपाली काँग्रेसका उपसभापति एवं पूर्व गृह मन्त्री पूर्णबहादुर खड्काले कर्णाली प्रदेश अस्पताललाई कर्णालीबाट प्रतिनिधि सभा सदस्यका लागि निर्वाचित भएर गएका सबै जन प्रतिनिधिहरु एक भएर उत्कृष्ट बनाउन पहल गर्ने बताएका छन् । कर्णाली प्रदेश अस्पतालको विहिवार अनुगमन गर्दै नेता खड्काले यस्तो बताएका हुन् । अस्पतालको अनुगमनपश्चात अस्पताल भित्र विरामीको अबस्था, नर्स र डाक्टरहरुको अबस्था सबै पक्ष राम्रो भएको बताएका छन् l कर्णाली प्रदेश अस्पतालको व्यवस्थापकीय पक्ष सबैभन्दा उत्कृष्ठ रहेकाले अब अस्पतालमा चाहिने आधुनिक औजारहरुको बारेमा सबै लागेर व्यवस्थापन गर्नु पर्नेमा उनले जोड दिए ।

साथै अस्पतलाई छिटै स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनु पर्ने बताएका छन् l यो भन्दा अघिल्लो सरकारले आफ्नो निति तथा कार्यक्रममा अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने गरी तयारी थालिसकेको भन्दै नेता खड्काले अस्पतालले पनि स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि ऐन ड्राप्ट गरेर अगाडी बढाई सकेकाले नयाँ सरकारले चाडै विधेयक पास गरेर प्रतिष्ठानको लागि केहि नयाँ आकार लिनेमा आफु विश्वस्त रहेको बताए ।

‘अस्पताल भित्र विरामीको अबस्था नर्स र डाक्टरहरुको अबस्थाको बारेमा मैले अनुगमन गरे यहाँको सबै पक्ष राम्रो छ । अब यसलाई अझ उत्कृष्ट बनाउन कर्णालीबाट प्रतिनिधि सभा सदस्यका लागि निर्वाचित भएर गएका सबै जन प्रतिनिधिहरु एक भएर लाग्ने छौ,‘नेता खड्काले भने,’‘त्यसका लागि प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीलाई भेटेर यहाँको जनशक्तिको अभावलाई पनि पूर्ति गर्ने गरी पहल हुन्छ ।’
अस्पतालको विकासको लागि सबै राजनिति दलहरुको ठुलो भूमिका रहेको भन्दै नेता खड्काले सबैले संयुक्त रुपमा यसको विकासको लागि लाग्नु पर्ने बताए । कर्णालीका नागरिकको सबै रोगको उपचार एकै ठाउँमा गर्नको लागि सबैको पहलमा मात्रै सम्भव भएकोले विकासको प्रतिसपर्धा चलिरहेको बेला कर्णालीको प्रदेश अस्पतालाई नेपालको सबैभन्दा उत्कृष्ठ अस्पतालको रुपमा विकास गर्न सबै लाग्नु पर्ने बताए ।

उसै पनि कर्णालीका कर्णाली प्रदेश अस्पतालको व्यवस्थाकीय पाटो र यहाँको आन्तरिक वातावरण नेपालको अन्य प्रदेश अस्पताल भन्दा सबैभन्दा उत्कृष्ठ रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्