मौसम सामान्यता सफा, तापक्रम बढ्न थालेसँगै चिसो कम

होस्ट खबर १२ माघ २०७९, बिहीबार
1 Min Read
Aa

सुर्खेत : पश्चिमी निम्न चापीय प्रणाली कमजोर बनेसँगै पश्चिमी क्षेत्रको मौसम सफा हुन थालेको छ। हिजोअस्ति वर्षा र हिमपात भएका सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आजदेखि घाम लाग्ने मौसमविद् प्रतिभा मानन्धरले बताए । उनका अनुसार मध्य र पूर्वी क्षेत्रमा भने आजको मौसम आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ । तर, वर्षा भने हुने छैन ।

पर्सि शनिवारसम्म नै देशका धेरै ठाउँको मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ । यसैबीच, देशभरकै तापक्रम बढ्न थालेको छ । वर्षा र हिमपातले पश्चिमी क्षेत्रमा हिजोअस्ति चिसो बढे पनि अब बिस्तारै तापक्रम बढ्दै जाने मौसमविद् प्रतिभा मानन्धरले बताए ।

उहाँका अनुसार पुस महिनामा परेको वर्षाले जाडो बढाउँछ भने माघ महिनाको वर्षापछि बिस्तारै गर्मी बढ्दै जान्छ । यसपालिको हिउँदमा खासै पानी पर्न सकेको छैन । यसले गर्दा सुक्खापन बढेको छ भने कृषि बालीमा नोक्सानी पुगेको छ । यसले दीर्घकालीन असर पर्ने देखिन्छ।

बिहानको काठमाण्डौको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको छ । यस्तै, अधिकतम तापक्रम २० देखि २१ डिग्री सेल्सियससम्म पुग्न थालिसकेको छ ।

काठमाण्डौसँगै अन्य ठाउँको तापक्रम पनि बढिरहेको मौसमविद्ले बताएका छन् । तापक्रम बढ्न थालेसँगै चिसो कम हुन थालेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array