बिमामा पनि मर्जरको लहर

होस्ट खबर ९ माघ २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं : नियामक निकाय नेपाल बिमा प्राधिकरणले बिमा कम्पनीलाई चुक्ता पूँजी बढाउन निर्देशन दिएपछि कम्पनीहरु मर्जरमा जान सुरु गरेका छन् ।

मुलुकमा विमा कम्पनीको संख्या धेरै भएको भन्दै प्राधिकरणले केही समयअघि चुक्ता पूँजी बढाउनुपर्ने निर्देशन दिएको थियो । यो निर्देशनपछि चुक्ता पूँजी बढाउन नसक्ने कम्पनी कर्जरमा जान बाध्य भएका हुन् ।

राष्ट्र बैंकले मर्जरमा जान प्रोत्साहन गरेसँगै बैंकहरुमा पनि मर्जरको लहर चलेको छ । गत पुसमा मात्रै थुप्रै बैंक मर्जरमा गएका थिए । बिमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्षमा १९ वटा निर्जीवन तथा जीवन बिमा कम्पनीले मर्जरमा जाने सहमति गरेका छन् ।

जसमध्ये केहीले एकीकृत कारोबार सुरु गरिसकेका छन् । कारोबार दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्