राजधानीमै जटिल दुर्घटना, सङ्घर्षपूर्ण उद्धार कार्य

होस्ट खबर ४ माघ २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं : पर्यटकीय तथा गण्डकी प्रदेशको राजधानीमा विमान दुर्घटना हुँदा ७० जनाको मृत्यु तथा दुईको अवस्था गम्भीर छ । माघ १ गते दुर्घटना भएपनि उद्धार कार्य भने तीन दिनसम्म निरन्तर चलिरहेको छ ।

पोखरा महानगरपालिका वडा ७ र १५ को सिमाना छुट्टाएको सेती खोँचमा बिहान १० बजेर ५० मिनेटमा जहाज दुर्घटना भयो । दुर्घटनापश्चात् विमानमा आगलागी भयो ।

आगलागी भएको करिब एक डेढ घण्टा सुरक्षाकर्मी कसरी आगो निभाउने भन्ने दोधारमा परे ।

पोखरा ७ तर्फ़बाट सुरुमा दमकल लगियो । त्यहाँबाट त्यति सम्भव नभएपछि दमकल कुद्दै सेती पारी पुग्यो । सेती पारी अर्थात् वडा नं।१५ तर्फ पुगी फोहोरा हान्न थाल्यो । खोँचको कप्चेरामा परेकाले आगो नियन्त्रणमा लिन समेत समय लाग्यो । नेपाल समाचारपत्रबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array