काठमाडौं : पोखरामा भएको यती एयरलाइन्सको एटीआर ७२-५०० विमानको दुर्घटनापछि नेपालमा उडानको जोखिम बढेको छ । पछिल्लो ३० वर्षमा नेपालमा यो समेत गरी २८ विमान दुर्घटना भइसकेका छन्।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
नागरिक उड्डयन प्राधिकरण २०७६ को सुरक्षा प्रतिवेदनअनुसार नेपालका पहाड विमान चालकका लागि ठूलो चुनौतीका विषय हुन् । यस अतिरिक्त मौसम, व्यवस्थापन, यान्त्रिक गडबडी पनि दुर्घटनाका कारण बन्ने गरेका छन् ।
प्राधिकरणको प्रतिवेदनअनुसार अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल समुद्र सतहभन्दा १ हजार २ सय ३८ मिटर माथि छ । नेपालमा विमानहरूलाई मोड्नका लागि धेरै कम स्थान मिल्छ । नेपालको पूर्वोत्तरस्थित लुक्लाको विमानस्थल विश्वकै सबैभन्दा खतरनाक विमानस्थलमध्ये एक मानिन्छ ।
यस विमानस्थललाई सगरमाथाको प्रवेशद्वार पनि भनिन्छ। विमानस्थलको रनवे पहाडहरूबीचको एक चट्टानलाई काटेर बनाइएको हो । लुक्ला हवाई अड्डाको रनवेको एक छेउमा विशालकाय पहाड र अर्कोतिर खाँच रहेको छ । यस्तोमा केवल अल्ट्रा ट्रेन्ड पाइलटहरूले मात्रै विमान अवतरण गर्न सक्छन् र उनीहरूलाई मात्रै विमान चलाउन दिइन्छ । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्