यतीको टिकट रद्द गरेका पशुपति शर्मा भन्छन्: अहिले त भाग्यले बाँचियो

होस्ट खबर १ माघ २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ : चर्चित लोकगायक पशुपति शर्मा यती एयरलाइन्सको विमान दुर्घटनामा पर्नबाट जोगिएका छन् । गायक शर्माले सो कुराको जानकारी दिएका हुन् । उनले आज पोखरा आउने कार्यक्रम केही दिन अगाडि सरेकोले आफु दुर्घटनामा पर्नबाट जोगिएको बताए ।

‘खासमा म यहि विमानमा आज पोखरा आउने तयारीमा थिए । तर, मेरा अरु पनि कामहरु भएकाले गर्दा म दुई दिन अघि नै बुद्ध एयरबाट पोखरा आएँ’, शर्माले भने ‘काठमाडौं फर्कन फ्लाइट कुरिरहेको थिएँ । विमान दुर्घटनाको खबर आउँदा नमज्जा लाग्यो । रुन मन लाग्यो ।’ ‘अहिले त भाग्यले बाँचियो । भोलि पनि हिँडिरहनुपर्छ । कसले देखेको छ र ?’ उनले थपे ।

शर्मा पोखरबाट अहिले स्याङजातर्फ लागेका छन् । त्यसपछि उनी बागलुङको कार्यक्रममा पुग्नेछन् । देशको बिभिन्न ठाउँमा मेला महोत्सव चलिरहेकोले अहिले त्यसैको सिलसिलामा आफु उपत्यका बाहिर रहेको शर्माले सुनाए । ६८ जना यात्रु र चालक दलका ४ सहित आज बिहान ११ः१० बजे उडेको यती एयरलाइन्सको विमान पोखरा उपत्यकाको सेती नदी खोंचमा खसेको हो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्