समय सुहाउदो तलव सुविधा निर्धाण गर्न कर्णालीका कर्मचारीको सुझाव

होस्ट खबर ३० पुष २०७९, शनिबार
2 Min Read
Aa

सुर्खेत : समय सहुउदो तलव सुविधा निर्धारण गर्न कर्णालीका निजामति कर्मचारीहरुले सुझाव दिएका छन्। उच्चस्तरीय तलव सुविधा आयोगलाई पेश गर्ने सुझाव संकलनका लागि नेपाल निजामति कर्मचारी संगठन कर्णाली प्रदेशले आज प्रदेश राजधानी वीरेन्द्रनगरमा आयोजना गरेको अन्तरक्रियामा यस्तो सुझाव दिएका हुन् ।

परिवारको आधारभूत आवश्यकता, महंगी, शिक्षा स्वास्थ्य लगायतको सुनिश्चितता हुनेगरी सरकारले कर्मचारीको सेवा सुविधा निर्धारण गर्नुपर्ने उनीहरुको सुझाव छ ।

अहिले भैरहेको श्रेणीका आधारमा नभई तह अनुसारको तलव सुविधा निर्धारण गर्नुपर्नेमा पनि कर्मचारीहरुको जोड छ । आधिकारिक ट्रेड यूनियनका पूर्व अध्यक्ष पुण्यप्रसाद ढकालले तह अनुसारको तलव सुविधा नहुँदा कर्मचारीमा नैराश्यता आउनुका साथै कार्यसम्पादनमा असर परेको बताए ।

उनले सार्कको मापदण्ड, राज्यको स्रोत, परिवारका न्यूनतम आवश्यकतालाई सम्बोधन हुनेगरी कर्मचारीको तलब सुविधा निर्धारण गर्नुपर्ने बताए ।

सातै प्रदेश र काठमाण्डौँ उपत्यकागरी आठ ठाउँमा सुझाव संकलन गरिएको र प्रदेशस्तरबाट आएका सुझावलाई आधार मानेर संगठनले उच्च स्तरीय आयोगलाई सुझाव दिएको बताए ।

अन्तरक्रियामा कर्णाली प्रदेशका दश वटै जिल्लाबाट सहभागिता रहेको विभिन्न कार्यपत्र माथि छलफल गरिएको प्रदेश अध्यक्ष टंकप्रकास लामिछानेले जानकारी दिए।

राष्ट्रसेवक कर्मचारी र श्रमिकको न्यूनतम तलब, भत्ता तथा पारिश्रमिक पुनरावलोकन गर्न पूर्व सचिव लिलामणि पोख्रेलको संयोजकत्वमा सरकारले उच्चस्तरीय तलब सुविधा आयोग गठन गरेको छ ।

उक्त आयोगले पेश गर्ने सुझावमा समावेश गर्नेगरी निजामति कर्मचारी संगठनले सुझाव दिन प्रदेश स्तरमा सुझाव अन्तरक्रिया गरेको हो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्