एलओडी पुनः ‘डिजे म्याग टप १००’को नोमिनेसनमा

होस्ट खबर ३० पुष २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं : ठमेलस्थित ‘एलओडी’ क्लब यस वर्ष पनि ‘डिजे म्याग टप १००’को नोमिनेसनमा परेको छ । यूकेस्थित डिजे म्यागले छनोट गर्ने सन् २०२३ को क्लब क्याम्पियनमा एलओडी परेको हो ।

सन् २०२२ मा एलओडी विश्वको उत्कृष्ट क्लबको ५२औं स्थानमा परेको थियो । म्यागमा विश्वभरका सय उत्कृष्ट डिजे क्लब रहने गर्छन् । डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लब छनोट गर्ने गर्छ । टप सयको क्लबको सूचीमा पर्न एलओडीले भोट गर्न अपिल गरेको छ ।

माथि देखिएको फोटो स्क्यान गरेर भोट गर्न सकिने एलओडीले जनाएको छ । एलओडीका अनुसार डिजे म्यागको वेबसाइटमा जानुपर्छ । त्यसपश्चात् बेलायतको झन्डामा क्लिक गर्नुपर्छ । मत गर्नका पुनः फेसबुक वा गुगलको अप्सन आउँछ ।

डिजे म्यागको १०० क्लब आएपछि तलपट्टिको भागमा ‘इट्स कुल लेट्स गो’ मा क्लिक गर्नुपर्छ । प्रयोगकर्ताले फेरि आङ्खनो देशको नाम, सहर साथै नामसहित सबै उल्लेख गर्ने अप्सन प्राप्त गर्छन् । अन्त्यमा पुनः अर्को अप्सनमा क्लबको सबै चरणमा एलओडीको क्लब लेख्दै काठमाडौं सहरको नाम उल्लेख गर्नुपर्नेछ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array