विश्वका २३ सुन्दर ठाउँहरु मध्ये सर्वोत्कृष्टमा पर्यो मुस्ताङ

होस्ट खबर २२ पुष २०७९, शुक्रबार
1 Min Read
Aa

सुर्खेत : अमेरिकी सञ्चार माध्यम ‘सीएनएन’ले २०२३ मा विश्वभरबाट घुम्नै पर्ने २३ स्थानहरुको सूचीमा नेपालको मुस्ताङ उपत्यकालाई पनि समावेश गरेको छ ।

सोमबार सार्वजनिक गरिएको उक्त सूचीमा नेपालको मुस्ताङ उपत्यका पनि २०२३ मा घुम्नै पर्ने स्थानहरुमध्ये रहेको सीएनएनले जनाएको छ ।सीएनएनले यो सूचीमा भएका स्थानहरु यीनिहरुको प्राकृतिक सुन्दरताले भरिपूर्ण भएको जनाउँदै यी गन्तव्यहरु उत्कृष्ट गन्तव्य भएको उल्लेख गरेको छ ।

मुस्ताङबारे सूचीमा लेखिएको छ, ‘हिमालय र भारतबीचको व्यापारलाई सहज बनाउने पुरानो बाटो अहिले हिमाली पदयात्राका लागि प्रसिद्ध छ । नेपालको अच्चमको मुस्ताङ उपत्यका तिब्बत नजिकै रहेको छ ।’
मुस्ताङमा पदयात्रासँगै पर्यटकहरुले पुरातन गाउँहरु र बौद्ध गुम्बाहरुको सुन्दरता हेर्न सकिने सीएनएनमा उल्लेख छ ।

२ सय वर्ष पुरानो बौद्ध मुर्तिकलादेखि चित्रहरु, उपत्यकाको प्राकृतिक सुन्दरताले भरिपूर्ण यो गन्तव्यसम्मको यात्रा नै आफैंमा साहसिक पर्यटनको एक हिस्सा भएको सीएनएनले जनाएको छ ।

यो सूची रहेका अन्य स्थानहरुमा पोल्याण्ड, पश्चिम अष्ट्रेलिया, लिभरपुल (बेलायत), चाल्र्सस्टन (दक्षिण क्यारोलिना), भिलनिउस (लिथुआना), फिजी, रुवान्डालगायतका स्थानहरु रहेका छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array