आज केही स्थानमा वर्षा, हिमपात र हुस्सु

होस्ट खबर १८ पुष २०७९, सोमबार
1 Min Read
Aa

सुर्खेत : देशका पहाडी भू–भागमा अहिले आंशिकदेखि सामान्य बदली छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका थोरै भू–भागमा हुस्सु लागेको अवस्था छ ।

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ । आज दिउँसो प्रदेश नम्बर–१ को पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश–१ को पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । प्रदेश–१, गण्डकी प्रदेश र कर्णाली प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१, गण्डकी प्रदेश र कर्णाली प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हल्का वर्षा, हल्का हिमपात र तराईका केही भू–भागमा हुस्सु तथा कुहिरो लाग्ने र दैनिक जीवनयापन, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array