महान फुटबलर पेलेको निधन

होस्ट खबर १५ पुष २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं : विश्वप्रसिद्ध महान फुटबलर पेले ९एड्सन आरान्तेस दो नासिमेन्तो०को निधन भएको छ । ८२ वर्षीया ब्राजिलियन फुटबलर पेलेको उपचारको क्रममा आज अस्पतालमा निधन भएको बिबिसीले जनाएको छ ।

पेलेले आफ्नो फुटबल खेल जीवनमा १३६१ खेलमा १२८१ गोल गरेका छन् । जसमा उनले आफ्नो देशको लागि ९२ खेलमा ७७ गोल गरेका छन् । पेले विश्वका एकमात्रै यस्ता महान खेलाडी हुन जसले आफ्नो करियरमा तीन पटक विश्वकपको उपाधि जितेका छन् । उनले १९५८, १९६२ र १९७० मा विश्वकप जितेका थिए ।

उनी मिर्गौला र प्रोस्टेट रोगबाट ग्रसित थिए । पेलेको निधनबारे उनकी छोरीले जानकारी दिएको बिबिसीले उल्लेख गरेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array