सुर्खेत : जील्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरबाट ब्राउन सुगरसहित चार व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेतका १८ वर्षीय मोहन रासकोटी, वडा नं ७ का २३ वर्षीय सुरज गौली, १० का २४ वर्षीय सुशील चौधरी र १८ वर्षीय राजन सार्की रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेत बुदबुदीस्थित दिदीबहिनी कटेजमा लागुऔषध कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोली त्यहाँ पुगेर आठ पुरिया ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थ लागुऔषधसहित चारै जनालाई पक्राउ गरेको उनले बताए । सूचना अधिकारी कार्कीका अनुसार पक्राउ परेका चारै व्यक्तिको थप अनुसन्धान भइरहेको छ ।
त्यस्तै, सोमबार राति ११ बजे वीरेन्द्रनगर नगरपालिका–२ सुर्खेत भुरेलीस्थित श्रवण हमाललाई कुटपिट गर्ने तथा अनिल बुढा र उहाँको श्रीमती पूजा बुढालाई चक्कु प्रहार गर्ने ३० वर्षीय डम्मर गुरुङलगायत सात जनाको समुहलाई प्रहरीले खोजी कार्य जारी राखेको छ । घाइतेलाई उपचारको लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्