तीन वर्षपछि रसुवागढी नाकाबाट निर्यात सुरु

होस्ट खबर १३ पुष २०७९, बुधबार
1 Min Read
Aa

रसुवा : चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट निर्यात सुरु भएको छ । कोभिड १९ को संक्रमण हुनुभन्दा अघिदेखि नै निर्यात ठप्प रहेकोमा तीन बर्ष पछि निर्यात सुरु भएको हो ।

हिजो छ वटा नेपाली कन्टेनरमा राखिएका नेपाली बस्तुहरु बाँसका मुडा, हस्तकलाका समाग्रीतीनवटा चीनीयाँ गाडीमा राखेर पठाईएको छ।

बिगत तीन बर्षदेखि रसुवागढी नाकाबाट आयात मात्र हुँदै आएकोमा मंगलबारदेखि निर्यात समेत सुरु भएको हो ।

यसअघि नेपाली समाग्रीमध्ये खाद्य बस्तुहरुमा नेपाली भाषामा र केहि समाग्रीहमा अंग्रेजी भाषामा मात्र लेबललिङ गरिएको भन्दै चीनीयाँ पक्षले समाग्री लैजान रोक लगाएको थियो ।

चीनबाट इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री र फलफूल आयात हुँदै आएको छ भने त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो तथा हस्तकलामा आधारित बिभिन्न समाग्रीहरु चीनतर्फ निर्यात हुने गरेको थियो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array