गुर्भाकोटको खटाङ्ग क्षेत्रमा त्रिकोणात्मक झोलुङ्गे पुलको तयारी

होस्ट खबर ११ पुष २०७९, सोमबार
1 Min Read
Aa

सुर्खेत : गुर्भाकोट नगरपालिमा रहेको पर्यटन क्षेत्र खटाङ्ग क्षेत्रमा त्रिकोणात्मक झोलुङ्गे पुल बन्ने भएको छ । खटाङ्ग क्षेत्रमा पर्यटन प्रबद्र्धन र विकास हुने गरि गुर्भाकोट नगरपालिका वडा नम्बर ८,१० र १२ वडा जोड्ने गरि त्रिकोणात्मक झोलुङ्गे पुल बन्ने भएको हो ।

गुर्भाकोटको धार्मिक, साँस्कृतिक, पुरातात्विक र पर्यटकीय सम्भावना बोकेको गुर्भाकोट नगरपालिका ८ स्थित खटाङ्ग क्षेत्र समेटेर उक्त पुल बन्ने भएको हो । पर्यटन विकास हुने गरी वडा नम्बर ८,१० र १२ जोड्ने त्रिकोणात्मक झोलुङ्गे पुलको लागि डिपीआरको तयारी भएको छ ।

गुर्भाकोटका तीनै वडा र नगरपालिकाका जनप्रतिनिधि तथा सरोकारवालाहरुको उपस्थितिमा पुलको डिपिआर तयार भएको छ । सडक डिभिजन कार्यालय कर्णाली प्रदेशको प्राविधिकद्वारा पुलको अन्तिम पुर्ण सर्भेक्षण कार्य सम्पन्न भएको गुर्भाकोट नगरका मेयर हस्त पुनले बताउनुभयो । कर्णाली प्रदेशकै पहिलो त्रिकोणात्मक झोलुङ्गे पुलले यस क्षेत्रको पर्यटन विकासमा सहयोग पुग्ने मेयर पुनले भन्नुभयो ।

त्रिकोणात्मक झोलुङ्गे पुल निर्माणका लागि दुई करोड बजेट विनियोजन भएको छ । डिपिआर तयार सुरु भएकोले चालू बर्षमै यसको काम सूरु हुने बताएको छ । स्थलगत सर्भे सम्पन्न भएकोले पुल निर्माण काम छिटै सुरु हुने विश्वास लिएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्