आज पत्रकार महासंघको केन्द्रीय साधारण सभा उद्घाटन गर्न राष्ट्रपति भण्डारी सुर्खेत आउँदै

होस्ट खबर ८ पुष २०७९, शुक्रबार
1 Min Read
Aa

सुर्खेत : नेपाल पत्रकार महासंघको आज र भोलि अर्थात् पुस ८ र ९ गते सुर्खेतको वीरेन्द्रनगरमा आयोजना हुने केन्द्रीय साधारण सभाको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीद्वार आरम्भ हुने भएको छ।

केन्द्रीय साधारणसभा सुर्खेतमा अन्तिम तयारी पूरा भएको छ। देशभरबाट पत्रकारहरू सुर्खेत आएका छन्। सुर्खेत सभाहलमा हुने उक्त साधारणसभामा देशभरका करिब ६०० बढी पत्रकारको सहभागिता रहनेछ ।

कार्यक्रमको प्रमुख अतिथीको रुपमा राष्ट्रपति विद्यादेवी भण्डारी सुर्खेत आउनेछिन् । यस्तै सञ्चार मन्त्री ज्ञानेन्द्र कार्की, कांग्रेस उपसभापति पुर्णबहादुर खड्का, एमाले महासचिव शंकर पोखरेल, नेमपा (माओवादी केन्द्र) बाट कृष्ण महरा, कर्णाली सरकारका मुख्यमन्त्री जीवन बहादुर शाही र कर्णालीका विभिन्न पालिकाका प्रमुखहरुलाई अतिथीको रुपमा सहभागिता जनाउने छन् ।

पुरीले ८ गते विहान ८ बजे वीरेन्द्रनगरको मंगलगढी चोकदेखि प्रभात सुरु हुने ९ बजे उद्घाटन कार्यक्रम राखिएको छ । साधार सभा वीरेन्द्रनगरको सिटी हलमा आयोजना गरिएको छ । खाना खाईसकेपछि बन्दसत्र सुरु गरिने छ । कार्यक्रमका लागि देशभरका पत्रकारहरु ७ गते बेलुका सुर्खेत आइपुग्ने छन् भने महासंघको केन्द्रीय समितिको बैठक पनि ७ गते वीरेन्द्रनगरमै बस्ने छ । महासचिव पुरीले महासंघको विगतदेखि भइआएका गतिविधि र महासंघले आगामी दिनमा गर्नुपर्ने कार्य योजनाको बारेमा वृहत छलफल गरिने छ । यस्तै साधारण सभाको अवसर पारेर कर्णाली प्रदेशमा महत्वपुर्ण स्थानहरुको फोटो पर्दशनी समेत गरिने कार्यक्रम राखिएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array