काठमाडौं : महाभियोगको प्रस्ताव नयाँ संसदमा जाने संवैधानिक, कानुनी र परम्परागत आधार नभएको जिकिरसहित सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले सर्वोच्च अदालतलाई जवाफ पठाएका छन्।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव निष्प्रभावी हुने प्रस्ताव कार्यान्वयन रोक्न माग गर्दै दायर रिटमा महासचिव गौतमले आइतबार महान्यायाधिवक्ताको कार्यालयमार्फत जवाफ पठाएका हुन्।
लिखित जवाफमा नयाँ संसदमा महाभियोग जान्छ भन्ने निवेदकको दाबी तथ्यहीन रहेको जिकिर पनि गरिएको छ। नेपालको संसदीय अभ्यासमा हालसम्म एउटा सभामा दर्ता भएका प्रस्ताव र विधेयक निर्वाचित अर्को सभामा पेस भएका उदाहरण नभएको पनि जवाफमा उल्लेख छ।
जवाफमा भनिएको छ, “प्रतिनिधि सभाको निर्वाचनपश्चात् प्रतिनिधि सभा गठन हुन लागेको अवस्थामा महाभियोगको प्रस्ताव नयाँ प्रतिनिधि सभाले ग्रहण गर्ने संवैधानिक मान्यता तथा परम्परा रहेको भनी रिट निवेदनमा लेखेको विषय आफैँमा तथ्यहीन रहेको हुँदा महासचिवको कार्य प्रथम दृष्टिमा नै असंवैधानिक रहेकाले बदरभागी रहेको छ भन्ने रिट निवेदकको बेहोरा कुनै पनि दृष्टिकोणबाट मनासिब देखिँदैन।”
तत्कालीन सभामुखले असोज १ गते महाभियोगको प्रतिवेदन प्रतिनिधि सभामा पेस गर्ने वातावरण बनाउन तोक लगाए पनि नयाँ संसदमा पेस गर्ने बेहोरा नभएको पनि जवाफमा उल्लेख छ। यस्तै तोक लगाएकै मितिबाट प्रतिनिधि सभाको अधिवेशन अन्त्य भएको पनि जवाफमा स्मरण गराइएको छ। आजको गोरखापत्र दैनिकबाट
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्