देउती बज्यै मन्दिरको मूर्ति चोर बसपार्कबाट पक्राऊ

होस्ट खबर ३ पुष २०७९, आईतवार
1 Min Read
Aa

सुर्खेत : सुर्खेतको देउती बज्यै मन्दिरबाट एक जनाले मूर्ति चोरेका छन् । शनिवार राति ८:२० को समयमा वीरेन्द्रनगर नगरपालिका-६ का २२ वर्षिय किरण विकले उक्त मुर्ति चोरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

विकलाई मूर्ति चोरेर भाग्दै गरेको अवस्थामा प्रहरीले सुर्खेत बसपार्कबाट पक्राउ गरेको छ । उनले मदिरा सेवन गरी मन्दिर बाहिर राखेको मूर्ति चोरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी एबम् प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए । मूर्ति चोर्ने विकलाई हाल जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्